विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी


माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।

यस्तै, एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मतसहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।