आजको पञ्चाङ्ग एवम् राशिफल (९ मङ्सिर २०७९ शुक्रबार, २५ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ मङ्सिर २०७९ शुक्रबार, २५ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ९ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २५ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल द्वितीया तिथि ज्येष्ठा नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३३ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ ।

आजको राशिफल

मेष – जोखिम बढ्ने भए पनि कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, नसोचेको ठाउँबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । पारिवारिक सुखशान्ति बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – सौभाग्य वृद्धि हुनेछ । आरोग्यता बढ्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापारमा भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ । केहि अधुरो काम सम्पन्न हुने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नुहोला । केही विवादमा समेत परिने योग रहेकोले सावधान रहनुहोला । समस्याको समाधान प्राप्त हुनेछ । ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन कार्यगति बढ्ने र पराक्रम वृद्धि हुने भए पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद एवम् भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – व्यस्तता बढ्नेछ । सुख सौभाग्य बढ्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – पराक्रम बढ्नेछ भने पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र तथा सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयास हरु फलदायी रहनेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ ।

तुला – आज खर्च वृद्धि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु बेस हुनेछ । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । धेरै बोल्ने बानीले दु:ख पाइएला होस राख्नुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ भने काममा सफलता प्राप्त हुनेछ । शुभ काममाआकर्षण बढ्नेछ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर रहला । समर्थन गर्ने प्रशस्त पाइएलान् । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – समय सामान्य नै छ । कार्यक्षमता वृद्धि हुनेछ । परिवारमा खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आयबल बढ्ने र कार्यक्षमता वृद्धि हुनेछ । स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा भने विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । परिवारिक सुख बढ्नेछ ।

कुम्भ – कर्मबल बढे पनि आज सोचेअनुसार काम सम्पन्न गर्न नसकिएला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दु:ख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानबाट सुख मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहला ।

मीन – भाग्यबल बढ्नेछ । अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आफन्तको साथ भने आज कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।