लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ

लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरसीको गण्डक ब्यारेज नाकाबाट लागुऔषध सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बिनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज नाकामा सशस्त्र प्रहरी बल त्रिबेणि बोर्डर आउटपोस्टका जनशक्तिले चेकजाँचको क्रममा ठूलो परिमाणको लागूऔषधसहित भारतिय नागरिकलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरीबलले स्पास्मो प्रोक्सेभन ७ सय १८ क्याप्सुल, नाइट्रोभेट १५ ट्याब्लेट र कोरेन्स २ सिसिसहित भारत बिहार पश्चिमी चम्पारण भैसालोटन बस्ने वर्ष ४५ का विनोद सहानीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रिवाज दहालले जानकारी दिए । लागूऔषधसहित नियन्त्रणमा परेका भारतिय नागरिक साहानीलाई थप कानुनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यलय त्रिबेणी पठाइएको छ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनको लागि सुरक्षाकर्मीलाई निर्वाचन क्षेत्रमा खटाईएको मौका छोपी लागुऔषध तस्करी कार्यमा संलग्न वर्गले लागुऔषधको तस्करी गरिरहँदा सुक्ष्म ढंगको चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषध सहित नियन्त्रणमा परेका भारतिय नागरिक सहानीले आफुलाई केही व्यक्तिले आर्थिक प्रलोभन देखाई सिमा पार गर्ने भनिएकोमा सो कार्य गरेको बताएका हुन् । लागुऔषध कारोबारमा संलग्न ठुलो समुह अदृश्य रहि भरियाको प्रयोग गर्ने गरेको पनि खुल्न आ