मुस्ताङमा कांग्रेस अगाडि, काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

मुस्ताङमा कांग्रेस अगाडि, काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो


मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् ।

उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन्