काठमाडौं उपत्यकालगायत देशैभर मतगणना सुरु

काठमाडौं उपत्यकालगायत देशैभर मतगणना सुरु


आइतबार भएको आमनिर्वाचनको मतगणना सोमबार देशभर नै हुँदैछ। देशभरको निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक आज सोमबारबाट मत गणनाको कार्य हुँदैछ । सोमबार बिहानैबाट केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यकाभित्र काठमाडौं-७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदैछ।

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर-२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनाले घन्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीको आक्रमक उदय हुने दर्शाएको छ ।

यसैबीच प्राप्त समाचारअनुसार प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिन्हमा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत परेको छ ।