आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०७९ सोमबार, २१ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०७९ सोमबार, २१ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष ५ गते सोमबार तद्अनुसार सन् २०२२ नोभेम्बर २१ तारिख मार्गशीर्ष कृष्ण पक्षको द्वादशी तिथि ७:४१ पर त्रयोदशी तिथि चित्रा नक्षत्र आयुष्मान योग गर करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कन्या राशिमा ११:१२ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:३० मा र सूर्यास्त साँझ १७:८ बजे हुनेछ । सोमप्रदोषव्रत, पशुपतिनाथ मेला ।

आजको राशिफल

मेष – आजको दिन अस्वस्थताले काममा बाधा पुर्‍याउन सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ भने मित्रजनको साथ–सहयोग प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बनाएको कार्ययोजना फलीभूत नहुन सक्छ, त्यसैले नयाँ योजना थाती राखेकै बेस होला । पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ भने साझेदारीमा फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्तिको योग रहेको छ ।

मिथुन – अवसरको खोजीमा केही दौडधुप गर्नु परेपनि दिन राम्रै छ । कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्ने र इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुने दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दामामिलामा पनि विजयी भइनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आरोग्यता र पराक्रम बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीहरू पनि भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । प्रशन्नता मिल्ने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह आज अलिक कमजोर भएको अनुभूति हुनेछ र पनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । शुभता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – साझेदारीको काम बन्ने दिन छ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । आजको दिन स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – शुभता वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुनेछ ।

वृश्चिक – कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । धैर्य र संयमताले सफलताको मार्ग पहिल्याउन सकिनेछ ।

धनु – आज स्वास्थ्य कमजोर रहेको अनुभूति होला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । आज सवारीमा सावधानी अपनाउनु हितकर हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय भएकोले धैर्यको आवश्यकता छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ भने व्यर्थको खर्चले मन पिरोल्ला । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आज आयश्रोत बढ्ने योग रहे पनि अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । यश बढ्ने छ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – व्यस्तता र पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिने दिन छ। यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आइपरेका समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। मानसम्मान पाउनुका साथै आम्दानी बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।