ट्रम्पको ट्विटर पुन: सञ्चालनमा

ट्रम्पको ट्विटर पुन: सञ्चालनमा


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुन: सञ्चालनमा आएको छ ।

एलोन मस्कले आइतबार ट्रम्पको ट्विटर एकाउन्ट पुन:स्थापना गरेको पुष्टि गरेका छन् । ‘मानिसहरूले बोलेका छन्, ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई’- मस्कले ट्वीट गरेका छन् ।

भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो’ भन्ने हुन्छ।

यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुन: देखापरेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खाता शनिबार प्लेटफर्ममा पुन: देखापरेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् । हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो ।

ट्विटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका थिए ।

सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका थिए ।