डडेल्धुरामा मतदान शान्तिपूर्ण, प्रधानमन्त्री देउवाले रुवाखोला केन्द्रबाट गरे मतदान

डडेल्धुरामा मतदान शान्तिपूर्ण, प्रधानमन्त्री देउवाले रुवाखोला केन्द्रबाट गरे मतदान


  • डम्बर निदाल, डडेल्धुरा

प्रतिनिधिसभा एवम् प्रदेशसभा सदस्य पदका लागि आज भइरहेको निर्वाचनको सिलसिलामा डडेल्धुरामा पनि सबै मतदान स्थल र केन्द्रमा शान्तिपुर्ण अवस्थामा मतदात जारी छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो गृहगाउँपालिकाको वडा नं. १ रुवाखोलाको मतदान केन्द्र ‘ख’बाट बिहान १०:८ बजे मतदान गरेका छन् ।

सात पालिकामा ५२ वडा रहेको डडेल्धुरा जिल्लाका १०१ मतदान स्थल र १३९ मतदान केन्द्र र कारागार कार्यालय डडेल्धुरामा एक अस्थायी मतदान केन्द्र सहित १४० मतदान केन्द्रमा जिल्लाका ९२ हजार २०१ जना मतदाताले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी सहित ११०५ आवश्यक जनशक्ति र सबै सुरक्षा अंग लगायत दुई हजार बढी सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

प्रतिनिधिसभा सदश्य निर्वाचन क्षेत्र १ तथा प्रदेशसभा सदश्य निर्वाचन क्षेत्र २ मा अति संवेदनशील मतदान केन्द्र २३, संवेदनशील ४१ र सामान्य ३७ गरि सुरक्षाको व्यवस्था मिलाइएको छ ।

डडेल्धुरामा जम्मा ९२ हजार २ सय १ मतदाता रहेका छन्, जसमा महिला ४५ हजार ८ सय ९ र ४५हजार ३ सय ९२ पुरुष छन् ।
डडेल्धुरामा प्रतिनिधिसभाबाट प्रधानमन्त्री देउवासहित आठ जना उम्मेदवार छन् भने प्रदेशसभातर्फ १२ जना उम्मेदवार रहेका छन् ।