पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ ।
मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।
सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।
यसैबीच, तेह्रथुममा मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
प्रतिक्रिया