आजको पञ्चाङ्ग एवम् राशिफल (३ मङ्सिर २०७९ शनिबार, १९ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ मङ्सिर २०७९ शनिबार, १९ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ३ गते तद्अनुसार सन् २०२२ नोभेम्बर १९ तारिख शनिबार मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि ७:११ पर एकादशी तिथि उत्तरा फाल्गुनी नक्षत्र विषकुम्भ योग बब करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२९ मा र सूर्यास्त साँझ १७:८ बजे हुनेछ ।

आजको राशिफल

मेष – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – प्रेमभाव बढ्नेछ भने सौभाग्य वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । तथापि, प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – ब्यस्तता बढे पनि समस्याको समाधान प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन आशा उत्साह र साहस जाग्नेछ । पराक्रम वृद्धि हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।

सिंह – आजको दिन सुख-सौभाग्य बढ्नेछ । भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । तथापि, कमजोरीले चिन्ता बढाउने र अरूका लागि बुद्धि खर्चनुपर्ने योग रहेको छ। श्रम गरीकन मूल्य प्राप्त नहुने सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

कन्या – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । तर, प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आइपरेको समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन आम्दानी निकै बढ्ने र केही मात्रामा खर्चमा वृद्धि हुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयबल बढ्ने र काममा सफलता प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । व्यावसायिक यात्रा सम्भावना छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । दाम्पत्य सुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कार्यक्षमता बढ्ने तथा रचनात्मक काममा सफलता मिल्ने योग भए पनि आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ । केही विवादमा समेत परिने यसम्भावना छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिवारिक सुखका साथै जोखिम बढ्नेछ । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । मुद्दामामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आनन्द बढ्नेछ, आफन्तको साथ मिल्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् सचेत रहनुहोला । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।