तीन मुक्तक

तीन मुक्तक


  • माधव खनाल
    एक

तिमी भन्छौ देश बनाउ, म शालिक बनाउँछु
साथ मात्र देउ, हुनेखाने मालिक बनाउँछु
अन्धोभक्त जनता देख्दा खुशी लाग्छ मलाई
दक्ष शक्ति चाहिँदैन, भोट दिने बालिग बनाउँछु ।

    दुई

दङ्ग छौँ हामी चोरले किन ढाँट्यो भनेर
पानीमा नोट चोबल्दै सोध्छौँ किन फाट्यो भनेर
हामी वृक्षहरु बन्चरोलाई भोट दिन्छौँ
अनि गुनासो बिसाउँछौँ किन काट्यो भनेर ।

     तीन

ऊ राष्ट्रवादी, विकासवादी, इमान्दार भन्दा
चुनाव आउँछ पाउ पर्छ, मख्ख छन् जनता
भुट्ने खेल, लुट्ने खेल, अपराधका खेलैखेल
कार्यकर्ता रिझाउने हुन्छ, मात्र खास धन्दा ।

  • लमजुङ