आजको पञ्चाङ्ग एवम् राशिफल (१ मङ्सिर २०७९ बिहीबार, १७ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ मङ्सिर २०७९ बिहीबार, १७ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १ गते बिहीबार तद्अनुसार सन् २०२२ नोभेम्बर १७ तारिख मार्गशीर्ष कृष्ण पक्षको नवमी तिथि मघा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादियोगमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२७ बजे र सूर्यास्त साँझ १७:९ बजे हुनेछ । मार्ग संक्रान्ति ।

आजको राशिफल

मेष – प्रेमभाव र शुभता बढ्नेछ । आरोग्य पनि वृद्धि होला । तर, आज सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । तथापि, दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तताका साथ कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्, होस राख्नुहोला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आरोग्यता वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । तर स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । मिठो भोजन मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज यात्राको योग छ । दिन भने त्यति सुखदायी नहोला । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दु:खी बनाउला । खेलकुद भ्रमणमा रुचि बढ्ला । सभा–समारोहमा मानसम्मान मिल्ने योग छ ।

सिंह – आज आम्दानी र आरोग्यता बढ्नेछ । आफन्तसित भेटघाट होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – पारिवारिक सुख वृद्धि हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । मनोकूलको काममा सफलता मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – उपचारमा अलिक खर्च हुन सक्ने योग रहेकोले स्वास्थ्यमा ध्यान राख्नुहोला । आज अनावश्यक भ्रमण हुन सक्छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आज कर्मबल वृद्धि हुने भए पनि सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा भएकालाई चाहिँ फाइदा मिल्नेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – समस्यासँग जुझ्ने मनोबल उच्च रहला । आज लेनदेनमा विवाद हुने योग छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । तथापि, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । आर्थिक हित हुने काममा लाग्नु हितकर रहला ।

मकर – व्यस्तता बढ्नेछ । परिश्रमअनुसार कमै लाभ हासिल होला । आज कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – प्रेमभाव र शुभता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – अस्वस्थताबाट छुट्कारा पाउन केही समय पर्खनुपर्ला । आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।