डडेल्धुरा, बैतडी र अछामका चुनावीसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

डडेल्धुरा, बैतडी र अछामका चुनावीसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न देउवा आज गृहजिल्ला पुग्दै छन् ।

प्रधानमन्त्री देउवाले आज ११:३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिएका छन् । बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म डडेल्धुरा बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देउवा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् ।