रोकिराखेको ट्रक र मोटरसाइकलमा आगजनी

रोकिराखेको ट्रक र मोटरसाइकलमा आगजनी


कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडकखण्डमा रोकिराखेको ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । शिवराज नगरपालिका ६ विरपुर र गडगडौवामा आगजनी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यस्तै, शिवराज नगरपालिका वडा नं. ७ जवाभारीस्थित नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कनौडियाको गेटअगाडि मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको हो । गडगडौवास्थित आगजनी भएको कर्णाली प्रदेश ०२–००१ ख ०५७८ नम्बरको ट्रकको पछाडिको भागमा आगोले क्षति पुर्याएको छ ।

सोही वडा अन्तर्गत ना. ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका ७ जवाभारीस्थित लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा पनि आगलागी भएको छ । आगो कसले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन ।

घटनास्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा संयोजक विक्रान्त लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।