दुई महिनादेखि आफ्नो हत्याको षडयन्त्र गरिएको इमरान खानको आरोप

दुई महिनादेखि आफ्नो हत्याको षडयन्त्र गरिएको इमरान खानको आरोप


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गत साता गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको बताएका छन् ।

पाकिस्तान तेहरिक-ए-इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले । बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्रै छोडेका थिए ।’

आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनको दाबी छ । यसबारे आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए ।

‘सम्झनुहोस्, म साढे तीन वर्ष सत्तामा थिएँ । मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भनेका छन् ।