ब्रिसबेनमा किन गरे प्रकाशले आत्महत्याको प्रयास ?

ब्रिसबेनमा किन गरे प्रकाशले आत्महत्याको प्रयास ?


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

शालिन, भद्र, मिजासिला र सज्जन गायक हुन् प्रकाश दूतराज । पछिल्लोपटक नेपाली मौलिक पहिचान र सभ्यता बोकेको विशुद्द लोक परिवेशका गीत संकलन अनि गायनमा उनि उचाइ समात्दै थिए । ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’लगायत नेपालीपन झल्कने गीत–संगीतका सर्जक प्रकाश दूतराजको बारेमा एक्कासी दुखद खबर बाहिरियो– ‘गायक दूतराजले आत्महत्याको प्रयास गरे !’

आत्महत्याको प्रयास अन्यत्र नभइ अष्ट्रेलियाको ब्रिजवेनमा भएको थियो । उनसँगै कार्यक्रम प्रस्तुत गर्न पुगेकी गायिका भूमिका गिरीले प्रकाशले झुण्डिएर आत्महत्या गर्न लागेको देखेपछि बचाएको कुराले यतिबेला बजार गर्माएको छ । यदि त्यो स्थानमा भूमिका नभएको भए अवस्था के हुन्थ्यो ? कसैले

यतिबेला प्रकाशको अवस्था सामान्य भइसकेको छ, तर पनि ब्रिसबेनमा सांगीतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेपछि र, नेपाल फर्कने तयारीको अघिल्लो दिन प्रकाशको जीवनमा त्यस्तो के आइपर्‍यो जसका कारण उनले यस्तो दुष्प्रयास गरे ? सबै तीनछक्क परेका छन् ।

आफ्नो म्यूजिक भिडियोमा मोडललाई आत्महत्या गर्नबाट बचाएर ढाडस प्रदान गर्ने तथा जीवनप्रति उत्साहित हुनुपर्छ भनेर प्रेरणा दिने प्रकाश आफैं किन यस्तो अवस्थामा पुगे ? यस प्रश्नको जवाफ अहिलेसम्म अनुत्तरित नै छ ।

थोरै समयमा धेरै नाम र उचाइ कमाएका प्रकाश साँच्चै क्षमतावान कलाकार हुन् । निकै साहसी र नेपाली गीत–संगीतमा केही गर्ने आँटका साथ मैदानमा उत्रिएका प्रकाशको जीवनमा आत्महत्याको सोच आउनुमा कारण के होला भन्ने त पछि समयले बताउला नै, तर प्रकाश जस्ता आफ्नै क्षमता, दक्षता र बलबुताबाट गायन विधामा स्थापित भएका व्यक्तिमा यस्तो सोच आउनु चाहिँ साह्रै नमज्जाको सन्दर्भ हो ।

प्रकाश जस्तो संघर्ष गरेर सबैको हाई–हाई हुँदै उचाई समाएका सर्जकले यस्तो कार्य गर्नु भनेको उनका करोडौँ प्रशंसकहरूको मन अमिलिनु हो । यहाँ प्रकाशको सिर्जनाबाट प्रेरित भएर र उनको सिर्जनालाई अक्सिजन मानेर जीवन अगाडि बढाउने थुप्रै छन् । तर प्रेरणाका पात्र स्वयम् नै यस्तो कमजोर बनिदिएपछि प्रशंसकहरूको मन कुँडिने नै भयो ।

यतिबेला प्रकाशको सिर्जनालाई उत्साह, उमंग र प्रेरणा मानेर अगाडि बढ्नेहरुको मन साँच्चै चिसिएको छ । उनिहरू भन्न थालेका छन्– ‘हाम्रा प्रिय सर्जक किन यस्तो अवस्थामा पुगे ? आगामी दिनमा उहाँबाट यस्तो गलत प्रयास नहोस् र, हुने छैन भन्नेमा हामी ढुक्क हुन चाहन्छौँ । किनकि, प्रकाश दूतराजका धेरै सुन्दर सिर्जना हामीले सुन्नु र हेर्नु छ… !’