जेष्ठ प्राध्यापक समाजमा पुन: डा. शर्मा

जेष्ठ प्राध्यापक समाजमा पुन: डा. शर्मा


नेपाल जेष्ठ प्राध्यापक समाजको नवौं राष्ट्रिय अधिवेशनले डा. विमलकुमार शर्मालाई पुन: अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनको निर्वाचन समितिले जनाएअनुसार समाजको उपाध्यक्षमा प्रा.डा. शेखर गुरुङ, महासचिवमा प्रा.डा. सिद्धिप्रसाद कोइराला, सचिवमा श्रीमती बद्रीलक्ष्मी वैद्य, कोषाध्यक्षमा प्रा.डा. प्रदीपकुमार भट्टराइलाई निर्वाचित गरिएको छ ।

अधिवेशनले सदस्यहरूमा रेवतीप्रसाद दाहाल, तिमिला यमी थापा, डा. रामदेव तिवारी, डा. शारदा श्रेष्ठ, सुरेन्द्रकेशर अमात्य र भीमध्वज श्रेष्ठलाई निर्वाचित गरेको छ । रामेश्वर उपाध्याय र डा. गोपालप्रसाद दाहालको निर्वाचन समितिले उक्त निर्णयको घोषणा गरेको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा भुषण श्रेष्ठ, वसन्तकुमार गौतम, दिलीप सुब्बा, डा. विमलकुमार शर्मालगायतले बोलेका थिए ।

समाजको नव निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनयन गर्ने र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको अध्यक्ष डा. विमल शर्माले बताए ।

अधिवेशनमा शिक्षा क्षेत्रका विज्ञ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।