रुसले नागरिक जहाज नस्ट गरेको युक्रेनको आरोप

रुसले नागरिक जहाज नस्ट गरेको युक्रेनको आरोप


रुसद्वारा गाभिएको दक्षिणी क्षेत्रमा उसले नागरिक जहाज तथा डुंगा नष्ट गरेको युक्रेनले आरोप लगाएको छ ।

युक्रेनी सेनाले आइतबार रुसमाथि कब्जा गरेको दक्षिणी क्षेत्र खेर्सनस्थित निप्रो नदीको किनारमा रहेका नागरिकहरुका डुंगा तथा जहाजहरुमा ठूलो मात्रामा विनाश गरेको आरोप लगाएको हो । उक्त क्षेत्रलाई किभको सेनाले कब्जा गर्न खोजिरहेको छ ।

युक्रेनी सेनाले युक्रेनलाई विभाजन गर्ने निप्रोको पश्चिमी किनारमा रूसी सेनाहरूमाथि दबाब पैदा गरिरहेका छन् र मस्कोका सेनाहरू अर्कोतर्फ फर्कने तयारीमा रहेको अनुमान उनीहरुको रहेको बताइएको छ।

युक्रेनी जनरल स्टाफका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् कि नष्ट भएका जहाजहरूबाट नदीमा इन्धन चुहिएको छ । मस्कोको सेनाले जहाजहरूको इन्जिन र अन्य उपकरणहरू विनियोजन गरेको उनले आरोप लगाएका छन् ।