आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०७९ सोमबार, ७ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०७९ सोमबार, ७ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक २१ गते तद्अनुसार सन् २०२२ नोभेम्बर ७ तारिख सोमबार कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि १६:०२ पर पूर्णिमा तिथि अश्विनी नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:१९ मा र सूर्यास्त साँझ १७:१४ बजे हुनेछ । पूर्णिमा व्रत, शिवबैकुण्ठ चतुर्दशीव्रत ।

आजको राशिफल

मेष – आरोग्यता बढ्नेछ । आर्थिक पक्ष पनि बलियो होला । तर, हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आज बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आयस्रोत वृद्धि हुने र समस्याको समाधान प्राप्त हुने दिन छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्न सक्छ, सावधान रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – ब्यस्तताका बीच कर्मबल बढ्नेछ । पराक्रम वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नतिको योग छ ।

सिंह – सुख वृद्धि हुनुका साथै कार्यगति बढ्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज जोखिम बढ्ने योग भए पनि पराक्रम बढ्नेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दामामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – प्रेमभाव बढ्ने र स्वास्थ्यमा सुधार हुने दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – पराक्रम बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आज अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । सुख सुविधाको बस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु – आजको दिन आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – चुनौतीसँग सम्झौता गर्नुपर्ने योग भए पनि आजको दिन प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । आरोग्यतका साथै। परिवारिक सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आजको दिन आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।