अमेरिकी गायक कार्टरको निधन

अमेरिकी गायक कार्टरको निधन


अमेरिकी गायक तथा र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए ।

वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरेका छन् ।

“अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौँ,“ उनीहरूको भनाइ छ, “हामी सबैजस्तै निराश छौँ र आशा छ कि प्रशंसकहरूले उनको परिवारको धैर्यका लागि प्रार्थना गर्नेछन् ।“

आरोनको मृत्युबारे थप अनुसन्धान भइरहेको छ ।