सुरक्षण मुद्रण प्रेस : काभ्रेपलान्चोकको गौरव, मुलुककै गरिमा

सुरक्षण मुद्रण प्रेस : काभ्रेपलान्चोकको गौरव, मुलुककै गरिमा


  • श्रीकृष्ण धिमाल

काभ्रेपलान्चोक जिल्लाका गौरवको आयोजनामध्ये सुरक्षण मुद्रण एक हो । तत्कालिन आईटी पार्कमा निर्माण शुरु भएको सुरक्षण मुद्रण प्रेसको निर्माण कार्य जारी छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेका गोकुलप्रसाद बास्कोटाले उक्त निर्णय गराउँदै काभ्रेपलान्माचोकमा सुरक्षण मुद्रण प्रेस निर्माण शुरु गरेका थिए । उनको निर्णयमा पछिल्लो सरकारले पनि निरन्तरता दिएको छ । काङ्ग्रेसका मन्त्रीहरूको लर्काे लागेर सुरक्षण मुद्रण प्रेसको भवन शिल्यान्यास गरिएको थियो ।

सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार भइरहेको छ । मुद्रण प्रेसको पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँकनोट, प्रश्नपत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन । यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्कातिर घरमै अत्यावश्यक सुरक्षण मुद्रण सेवा उपलब्ध हुनेछ । केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा महत्वपूर्ण कागजातको सुरक्षण मुद्रण गर्ने उल्लेख गरी बजेट विनियोजन गरेको थियो । पच्चीस वर्षअघिदेखि बहसमा रहेको सुरक्षण मुद्रण स्थापनाका लागि पहल शुरु भएको थियो । काठमाडौंबाट २८ किलोमिटरको दूरीमा पर्ने २ सय ३५ रोपनी जग्गामा रहेको काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क केन्द्रका लागि हस्तान्तरण भएर निर्माण कार्य प्रारम्भ भएको हो । सुरक्षण मुद्रणको कामका लागि हरेक वर्ष विभिन्न निकायबाट करीब १४ अर्ब रूपैयाँ विदेश गइरहेको छ ।

नेपाललाई आत्मनिर्भर बनाइ अन्तर्राष्ट्रिय बजारमा आकर्षणको विन्दुका रूपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरूप संयन्त्रले काम शुरु गरेको हो । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रूपमा समेत लिइन्छ । सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालीम प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।

के हो सुरक्षण मुद्रण ?

भौतिक सुरक्षा र प्रणालीगत सुरक्षासहित मुद्रण कार्यमा अपनाइने सुरक्षण पद्धति विशिष्ट प्रकारको सुरक्षण मुद्रण मानिन्छ । यस प्रणालीमा बैंकनोट, राहदानी, हुलाक टिकटजस्ता अति संवेदनशील छपाइ गर्दा कसैले पनि नक्कल वा चोरी गर्न नसक्ने तथा गोप्यता चुहावट गर्न नसक्ने गरी आन्तरिक सुरक्षा अपनाइएको हुन्छ । यो सामान्य मुद्रणभन्दा फरक हुन्छ । निश्चित समयसम्मका लागि छपाइ सामग्री सुरक्षित वा गोप्य राख्नुपर्ने र उक्त समयपछि छपाइ सामान्य सामग्री बन्ने प्रकृतिका छपाइ सामग्री यसअन्तर्गत पर्छन् । यस्तो प्रेसका लागि चारैतिर पर्खालले घेरिएको, काँडेतार बार लगाएको, भित्र छिर्ने द्वार एउटा मात्र भएको, उक्त द्वारमा इ-गेटसहितको अत्याधुनिक सुरक्षा प्रविधिजडित भवन आवश्यक पर्छ । भवनको परिसरलाई सिसीटिभीबाट निगरानी गरिन्छ ।

पहिलो पटक सांसद हुँदै मन्त्री बनेका गोकुलप्रसाद बास्कोटाले काभ्रेपलान्चोक जिल्लामा शुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरू यस्ता छन्-
१) मदनभण्डारी विश्वविद्यालय (पाँचखाल)– १३ अर्ब, कार्य प्रारम्भ १ अर्ब ५५ करोड बजेट बिनियोजन आव २०७९/८०मा
२) प्रतिरक्षा विश्वविद्यालय (बनेपा साँगा)– ४ अर्ब, कार्यप्रारम्भ
३) मुद्रण प्रेस (पनौती, बनेपा र धुलिखेल संगम)– १७ अर्ब, आइटिपार्क काम सुरु भएको
४) प्राविधिक विश्वविद्यालय (पनौती–१)– जग्गा नापजाँच भैरहेको,
५) सुनकोसी तेस्रो जलाशययुक्त ५३६ मेगावाट (तिमालवेसी)– १ सय ५८ अर्ब लगानी
६) भक्तपुर पाँचखाल सुरुङमार्ग (गठबन्धन सरकारले उक्त योजना हटाइदिएको छ)
७) काभ्रेपलान्चोक जिल्लाका सबै विद्यालय पुन:निर्माण र आइटी ल्याबको व्यवस्थापन करिब ३ अर्ब बजेट व्यवस्थापन
८) पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण– ४४ करोडबाट कार्य सुरु भवन बनिरहेको
९) पाँचखाल सुनकोसी खानेपानी परियोजना– २ अर्ब भन्दा माथि
१०) इन्द्रावती मण्डन खानेपानी– १ अर्ब ५७ करोड
११) नाला–पनौती–पुण्यमाता करिडोर– ७२ करोड
१२) काभ्रेपलान्चोक जिल्लाका मुल र सहायक राजमार्गहरूलाई करिब ५ अर्ब बजेट ।
१३) काभ्रेपलान्चोक जिल्लाका प्राचिन सम्पदाहरूमा मन्दिर, गुम्बा, पाटी, पोखरी, ढुङ्गेधारा पुन: निर्माणमा २७ करोडको काम सम्पन्न र केही निर्माणाधीन ।
१४) सुर्यबिनायक-दोलालघाट मोड सुधार कार्यक्रम– १ अर्ब ७७ करोड
१५) काभ्रेपलान्माचोकमा मोवाईलको टावरहरू४८ वटा निर्माण
(गठवन्धनको सरकार बनेसँगै काभ्रेपलान्माचोकमा विनियोजन भएका ५० भन्दा धेरै योजनामा रकम कटौती गरिएको छ भने कतिपय योजना नै खारेज गरिएको छ ।)

पाँचखाल विशेष आर्थिक क्षेत्र सेज के हो ?

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) को निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ र ८ को करीब एक हजार जमीनमा सेज हाल निर्माणाधीन अवस्थामा रहेको हो । सेजको मुख्य प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षमा ४४ करोड रूपैयाँमा सेज आयोजनाको मुख्य भवन निर्माण भइरहेको हो ।

३ करोड रूपैयाँमा पर्खाल तथा तारजाली लगाउने काम भैसकेको छ । करीब आठ वर्षअघि अर्थात् विसं २०६८ साउन २० गते पाँचखालमा सेजका स्थापनाका लागि जग्गा उपलब्ध गराउन वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया शुरु भएको थियो ।

विभिन्न कानूनी प्रक्रियागत वन मुद्वा अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको थियो त्यहि समय विस २०७५ सालमा काभ्रेपलान्चोक संघीय निर्वाचन क्षेत्र संख्या २ का निर्वाचित सांसद गोकुल बास्कोटा मन्त्री भएपश्चात पाँचखाल सेजले गति लिएको हो । हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करीब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण शुरु गरिएको छ ।

‘केही कानूनी अड्चनका कारण सेजको काम पहिला अघि बढ्न सकेको थिएन, अहिले केही खुकुलो बन्दै गएका कारण निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । काभ्रेपलान्चोक जिल्लाबाट गोकुल बास्कोटा मन्त्री नभएको भए पाँचखाल सेजले गति लिन नसक्ने स्थानीय ईश्वर कार्की बताउँछन् ।

सुनकोशी-पाँचखाल बृहत् खानेपानी आयोजनामा तत्कालिन मन्त्री बास्कोटाको योगदान :

पाँचखाल नगरका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ । सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग अढाई वर्षमा निर्माण सक्ने सम्झौता भइसकेको छ ।

आयोजनाको काम नेपाली कम्पनी कन्काई बिल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले सम्पन्न गर्नेछ । परियोजनाको २०७६ साल भदौ १२ गते तत्कालीन नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको पहल र उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए ।

खानेपानीका लागि भुम्लु गाउँपालिका वडा नम्बर १० स्थित सुनकोशी नदीको बिमिरे भन्ने ठाउँबाट लिफ्ट गरेर ल्याएको पानी पलाञ्चोक भगवती मन्दिर आसपास बन्ने मुख्य ट्याङकीमा खसालिने छ । त्यसपछि पानी वितरणको काम सुरु हुनेछ ।

काभ्रेपला्न्चोक बाट तत्कालिन सांसद गोकुल प्रसाद बास्कोटा केन्द्रिय मन्त्री नभएका भए पाचखालमा यति ठुलो योजना आउन नसक्ने पाचखालका जन–जनको धारणा रहेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय :

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो । मन्त्रिपरिषदमा मदन भण्डारी विश्वविद्यालय धादिङ र मकवानपुर लान निर्णय गर्ने अन्तिम चरणमा तत्कालिन सुचना सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मकवानपुर धादिङ जिल्लामा लैजान ठिक्क पारेको विश्वविद्यालय काभ्रेपलान्चोक पाँचखालमा नलगे मन्त्रिपदबाट समेत राजीनामा दिने घुर्की तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको त्यसबेलाका राष्ट्रिय दैनिकहरूमा समाचार छापिएको थियो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भइ पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख भएको थियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुनेछ । कार्यालय स्थापनाका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ । विश्वविद्यालय पूर्वाधार विकास समितिका लागि आवश्यक देखिएको सार्वजनिक जमिनसँग जोडिएको ७१५ रोपनी व्यक्तिगत जमिन अधिग्रहण गरिसकिएको छ । पाँचखाल नपा ७, १२, १० स्थापना हुने केन्द्रिय विश्वविद्यालयले पाँचखाल नगरपालिका र समग्र जिल्लाको मुहार फेर्नेछ ।