आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०७९ आइतबार, ६ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०७९ आइतबार, ६ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ कार्तिक २० गते आइतबार तद्अनुसार सन् २०२२ नोभेम्बर ६ तारिख कार्तिक शुक्ल पक्षको त्रयोदशी तिथि १६:३७ पर चतुर्दशी तिथि रेवती नक्षत्र बज्र योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६:१९ मा भयो र सूर्यास्त साँझ १७:१५ बजे हुनेछ । विष्णुबैकुण्ठ चतुर्दशीव्रत, डोटी केदार मेला, पाल्पा दर्लमडाँडा महाकाली भगवती यात्रा, गायत्री प्रादुर्भाव दिवस ।

आजको राशिफल

मेष – लगानी वृद्धि हुने दिन छ । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यको लागि खानपानमा विचार पुर्‍याउनुपर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – विगतको श्रमबाट धनलाभ होला । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्राको अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ तर तर चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ ।

मिथुन – आजको दिन आफन्तजनसँग फाटो आउन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापन कार्यमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज खर्चका बाध्यताहरु आइपर्नेछन्, सजग रहनुहोला । कसैलाई आजको दिन नगद सहयोग नगरेकै बेस हुनेछ । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । विभिन्न उपहार प्राप्त हुने समय पनि छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – सामर्थ्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । धार्मिक कार्यमा चाहिँ मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने योग समेत भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने समय छ । आरोग्यता बढ्नेछ ।

कन्या – आजको दिन व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ, तर सोचेको समयमा कार्यसम्पादन गर्न नसकिएला । आत्मीयजनसँग असमझदारी बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । पति–पत्नीबीचको सम्बन्ध भने सुमधुर हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आज सन्तानसुखको अनुभूति होला । स्वास्थ्यमा समस्या बढ्ने हुनाले खानपानमा सजक रहनुहोला । गोपनियतामा ध्यान राख्नु हितकर हुनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । तर घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । प्रेमको बन्धनचाहिँ कसिने बेला छ। बोलीको भरमा काम सम्पादन हुने योग छ ।

धनु – ब्यस्तता बढ्नुका साथै समृद्धि बढ्नेछ । साझेदारीको काम बन्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।

मकर – बोलीको प्रभाव बढ्ने दिन छ, आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, सचेत रहनुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

कुम्भ – कार्यक्षमता वृद्धि हुनेछ तर आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – हाड जोर्नीको समस्याले सताउन सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास भने सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनेछ । पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सन्तानबाट सुख मिल्ला ।