प्रिन्स ह्यारी र मेघन मार्कलले शाही परिवारसँग यसकारण मनाउने छैनन् क्रिसमस

प्रिन्स ह्यारी र मेघन मार्कलले शाही परिवारसँग यसकारण मनाउने छैनन् क्रिसमस


बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको जनाइएको छ । प्रिन्स ह्यारीको संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा पनि उपस्थित नहुने संकेत गरिएको हो ।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ । रिपोर्टअनुसार शाही परिवार र प्रिन्स ह्यारीबीचको सम्बन्धमा तिक्तता आएको छ र उनले आफ्नो पुस्तक विमोचनअघि शाही परिवारसँग क्रिसमस सँगै मनाउने छैनन् ।

ह्यारीको पुस्तक एक संवेदनशील समयमा सार्वजनिक हुँदैछ । ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मर्केलसँग बस्छन् ।