शुद्धिकरणका लागि एक महिनासम्म सेक्स नगर्ने र्‍यापर कान्येको घोषणा

शुद्धिकरणका लागि एक महिनासम्म सेक्स नगर्ने र्‍यापर कान्येको घोषणा


अमेरिकी र्‍यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कसैसँग कुराकानी र सेक्स नगर्ने घोषणा गरेका छन् । यस अवधिमा उनले एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् ।

४५ वर्षे र्‍यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन् ।

‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु । एक वर्बल फास्ट । मदिरा हुँदैन । कुनै एडल्ट फिल्म हुनेछैन । कुनै सेक्स हुँदैन । एक महिनासम्म कसैसँग बोल्ने छैन । भगवानको प्रार्थना गर्नेछु । तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन् ।

गत महिना कान्येलाई यहुदीविरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो । तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए ।