शिवसेना नेता सुधीर सुरीको हत्या

शिवसेना नेता सुधीर सुरीको हत्या


भारतको महाराष्ट्रमा विशेष प्रभुत्व रहेको शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ ।

स्थानीय गोपाल मन्दिरनजिकै उनीमाथि गोली लागेको थियो । घटनालगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

सुरीले मन्दिरबाहिर यसको व्यवस्थापनको विरूद्धमा प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।