आजको पञ्चाङ्ग एवम् राशिफल (१९ कात्तिक २०७९ शनिबार, ५ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ कात्तिक २०७९ शनिबार, ५ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक १९ गते शनिबार तद्अनुसार सन् २०२२ नोभेम्बर ५ तारिख कार्तिक शुक्ल पक्षको द्वादशी तिथि उत्तराभाद्रपद नक्षत्र हर्षण योग बब करण ०ः३ पर कौलव करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ बजे र सूर्यास्त साँझ १७ः१५ बजे हुनेछ । शनिप्रदोष व्रत, चाँगुनारायण अखण्ड दीपदर्शन, रुरुरिडीक्षेत्रमा ऋषिकेश रथयात्रा ।

आजको राशिफल

मेष – आज चुनौतीका बाबजुद प्रतिष्पर्धामा जित हात पर्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गरिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । खर्च वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । तथापि, धेरै श्रमपछि पनि कम मात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्न सक्नुहुनेछ, प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन्। घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – कर्मबल बढ्ने र साझेदारीको काममा सफलता मिल्ने दिन छ, तर दायित्व बढ्नेछ भने परिवारजनका लागि खर्च पनि वृद्धि होला । उत्साहमा कमी आउने सम्भावना अधिक छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्ला ।

कर्कट – भाग्यबल बढ्नेछ । नयाँ सम्भावना देखापरेर उत्साह वृद्धि होला । रोकिएका काम आज सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ। । मिठो भोजन मिल्नेछ । मानसम्मान तथा ख्याति फैलिनेछ ।

सिंह – ब्यस्तता बढ्ला । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट धनलाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दामामिलामा विजयी भइनेछ । आत्मविश्वास बढ्नेछ । धन सम्पन्नता बढ्ला । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दिन उत्साहपूर्ण रहला । प्रेमभाव बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । रसविलासमा रुचि बढ्नेछ ।

तुला – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। विगतका समस्या पनि बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – प्रेमभाव बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । व्यस्तता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पराक्रम र उत्साह बढ्नेछ । स्वास्थ्य पनि सवल रहला । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।

कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलिक बाध्यताका काममा पनि जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आरोग्य वृद्धि भए पनि आज पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। आयबल बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।