रामघाट मेलाका लागि कपिलवस्तु नगरपालिकामा सार्वजनिक बिदा

रामघाट मेलाका लागि कपिलवस्तु नगरपालिकामा सार्वजनिक बिदा


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेलाका लागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए ।

जिल्लाकै पुरानो र ठुलो रामघाट मेला यस क्षेत्रको पर्वकै रुपमा रहेकोले बिदा गरिएको उनले बताए ।

रामघाट मेला भर्न भारत तथा छिमेकी जिल्लाका भक्तजनहरु आउने गर्दछन् । रामघाट मेलाका दिन आइतबार राति भक्तजनहरुले रामजानकी मन्दिर र रामघाट क्षेत्रमा भजन किर्तन गरी बस्ने गर्छन् ।

कार्तिक पुर्णिमाका दिन नदीमा स्नान गरी मन्दिरमा पुजापाठ गर्ने गर्छन् । यो दिन मुन्डन गर्ने र गाईको पुजा समेत गर्ने गरिन्छ । रामघाटमा कार्तिक पुर्णिमाका दिन वर्षौंदेखि परम्परागत मेला लाग्दै आएको छ ।

मेलाका लागि रामघाटमा आवश्यक तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए । कार्तिक पुर्णिमाका दिन बाणगंगा नदीको लक्ष्मणघाट, बर्गदीघाट लगायतका स्थानमा समेत मेला लाग्ने गर्दछ ।