बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु, वीरगन्जमा कन्टेनरले किच्दा भारतीयको ज्यान गयो

बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु, वीरगन्जमा कन्टेनरले किच्दा भारतीयको ज्यान गयो


चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो ।

दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० वर्षीय अशोक यादवलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।

विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।