भेरी नदीमा डुबेर दुई युवक बेपत्ता

भेरी नदीमा डुबेर दुई युवक बेपत्ता


भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो २ बजे वनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-३ बस्ने १९ वर्षीय छवि बुढा र वीरेन्द्रनगर ३ का १९ वर्षीय दीपक थापा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । बेपत्ता भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।