आजको पञ्चाङ्ग एवम् राशिफल (१३ कात्तिक २०७९ आइतबार, ३० अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ कात्तिक २०७९ आइतबार, ३० अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक १३ गते आइतबार तद्अनुसार सन् २०२२ अक्टुबर ३० तारिख कार्तिक शुक्ल पक्षको पञ्चमी तिथि ५ः१४ पर षष्ठी तिथि मूल नक्षत्र १०:३७ पर पूर्वाषाढ़ा नक्षत्र सुकर्म योग कौलव करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ बजे र सूर्यास्त साँझ १७ः२० बजेमा हुनेछ । छठ पर्व, डाला पूजा ।

आजको राशिफल

मेष – आज साथीभाइ रुष्ट हुन सक्छन् भने चिताएको काम पनि पूरा नहुने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । होसियारीपूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि सावधान रहनु हितकर हुनेछ । बौद्धिक र सृजनात्मक काममा भने सफलता मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – पारिवारिक समस्या बढ्ने देखिन्छ तर आजको दिन तपाइको आयआर्जनको दृष्टिले सन्तोषजनक रहने छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी होला । सहयोगीहरूले साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैयाँपैसा प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नयाँ कार्यमा सफलता मिल्नेछ ।

मिथुन – काम गर्ने जाँगर बढ्नाले मन प्रफुल्ल होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनेर मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । दाम्पत्य सुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता बढ्ने योग भए पनि आज अनायसै रुपैयाँपैसाको क्षति हुने दिन छ । आफ्नै कमजोरीले अनावश्यक विवादमा परिने योग भएकोले सचेत रहनुहोला । मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन प्रेमभाव बढ्नेछ भने आफन्तसित भेटघाट हुनेछ । नोकरीमाचाहिँ झमेलाको सामना गनुपर्ला । तर ब्यापारमा भने लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । इष्टमित्र एवम् सन्ताबाट सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ भने कार्य क्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । सोचेको काम बन्नाले मन हर्षित होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट होला । मान–सम्मान बढ्नेछ । सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । नोकरी तथा राजनीतीमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख बढ्ला । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – सानातिना समस्याले सताउने र स्वास्थ्य गडबड रहने योग छ । खानपिनमा सावधान रहनुहोला । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, सनथै भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन खर्च हुन सक्छ । सन्तानसुख बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनुका साथै रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने सकिने छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धनलाभ होला । उत्साहबर्द्धक समय छ, काम गर्न जाँगर चल्नेछ । रसरागमा रुचि बढ्ला । दिन रमाइलो साथ बित्नेछ ।

कुम्भ – आयबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – बौद्धिक र रचनात्मक कार्य बन्ने योग भए पनि अनावश्यक खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले सताउन सक्छ । मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । इष्टमित्र एवम् सन्तानबााट सुख प्राप्त हुनेछ ।