आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०७९ आइतबार, १६ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०७९ आइतबार, १६ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन ३० गते आइतबार तद्अनुसार सन् २०२२ अक्टुबर १६ तारिख कार्तिक कृष्ण पक्षको षष्ठी तिथि ६ः६ पर सप्तमी तिथि आर्द्रा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मीथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः०५ मा र सूर्यास्त साँझ १७ः३२ मा हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम बढ्नेछ तर आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने योग परेकोले काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज स्वास्थ्यले त्यति साथ नदेला, तर आइपरेको समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बनेर आशा उत्साह जगाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्पर्धामा विजय हात पर्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्तिको समय छ ।

मिथुन – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि होला । प्रेममा आकर्षण बढ्नेछ । पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्नेछन् । खर्च पनि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त होला । प्रयासरत काम बन्नेछ ।

कर्कट – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन छ । सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

सिंह – आयस्रोत वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । परिवारजनको साथले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आजको दिन साथीभाइसँग विशेष सन्तुलित व्यवहार गर्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि होला ।

कन्या – आजको दिन मिश्रित परिणाम दिने खालको छ । कर्मबल बढ्नेछ । कामको जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । रोग र शत्रुमाथि विजय प्राप्त गर्न मिहेनत पर्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – दाम्पत्य सुख बढ्ने र साझेदारीको काममा सफलता मिल्ने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दौडधुप वृद्धि हुनेछ तर कर्ममा सफल साबित हुनुहुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि हुनेछ ।

धनु – सकरात्मकता बढ्नेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – शुभता वृद्धि हुनका साथै मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । तर, छरछिमेकमा भने असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिविवेक लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ ।

मीन – व्यस्तता बढ्ने र मनोकूलको काम बनेर मन प्रसन्न हुने योग छ । तर समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद एवम् भ्रमणमा आकर्षण बढ्नेछ ।