९ जनाको ज्यान लिने नरभक्षी बाघलाई गोली हानेर मारियो

९ जनाको ज्यान लिने नरभक्षी बाघलाई गोली हानेर मारियो


भारतको विहार राज्यको चम्पारणमा एउटा बाघले कम्तीमा ९ जनाको ज्यान लिएपछि प्रहरीले गोली हानी मारेको छ ।

‘चम्पारणको नरभक्षी’ भनेर चिनिने उक्त बाघलाई करिब २०० प्रहरी अधिकारी र जिल्ला अधिकारीहरूको समूहको प्रयासमा मारिएको हो । केही प्रहरी अधिकारीले हात्तीमा चढेर बाघको खोजी गरेका थिए ।

समाचारमा जनाइएअनुसार उक्त भाले बाघले वाल्मीकि टाइगर रिजर्भवरपरका समुदायलाई आतंकित गरिरहेको थियो ।

भारत विश्वको ७० प्रतिशत भन्दा बढी जंगली बाघको घर हो । भारतमा बाघ आरक्ष संरक्षित क्षेत्रहरू यसको जनसंख्याको दरले विस्तार हुन सकेको छैन ।
यसले बाघलाई बाँच्नको लागि मानव–प्रधान परिदृश्यमा फर्कन बाध्य तुल्याएको छ, जसले पशुधन र कहिलेकाहीँ मानिस मारिन्छन् ।

विहार प्रहरीको नेतृत्वमा सितलटोला बालुवा गाउँनजिकैको उखुबारी घेराबन्दी गरी तीनवर्षे टी–१०४ नामको बाघ मार्ने अभियान चलाइएको थियो । उक्त बाघ मानवका लागि खतरनाक पुष्टि भएको उक्त क्षेत्रका प्रमुख बन्यजन्तु वार्डेन कुमार गुप्ताले जनाएका छन् ।