भेनेजुएलामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

भेनेजुएलामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता


मध्य भेनेजुएलामा गएको एउटा पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको सम्बद्ध अधिकारीहरूले जनाएका छन् ।

ऐतिहासिक रूपमा उच्च वर्षाको परिणामस्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन् ।

बाढील दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएको त्यहाँकाआन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसको भनाइ छ ।

उता अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्जनजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ ।

अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन् ।