बसमा आगलागी हुँदा भारतमा १२ जनाको मृत्यु

बसमा आगलागी हुँदा भारतमा १२ जनाको मृत्यु


महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।

‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू रहेका बताइएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले जनाएका छन् । आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।