आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०७९ बुधबार, ५ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०७९ बुधबार, ५ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन १९ गते तद्अनुसार सन् २०२२ अक्टुबर ५ तारिख बुधबार आश्विन शुक्ल पक्षको दशमी श्रवण नक्षत्र सुकर्म योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४४ बजे हुनेछ । विजयादशमी, देवीविसर्जन, दशैँको टीका, खड्ग यात्रा, शमिदर्शन, टीकाको लागि शुभ बेला १०ः३० देखि ११ः१० ।

आजको राशिफल

मेष – कर्मबल बढ्नुका साथै आर्थिक पक्ष बलियो बन्ने योग छ । शुभ समाचार प्राप्त हुनेछ । काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । तथापि, सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ र पनि आमोदप्रमोदमा रमिरहनु हुनेछ

वृष – आरोग्यता बढ्ने र सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुने दिन छ र पनि राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र मनमा त्यसै त्यसै छटपटी बढ्ने देखिन्छ । आजको दिन सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । आफन्तको भने साथ मिल्नेछ ।

मिथुन – आज कतिपय कार्यमा जोखिम बढे पनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । तर, पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मानसम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन कार्यगतिले तीव्रता लिने देखिन्छ तर स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामाका साथै रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । शुभता वृद्धि हुनुका साथै प्रेमभाव बढ्नेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन विशेष सचेत रही व्यवहार गर्नु हितकर होला । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्न सक्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। तर बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ । प्रेमभाव वृद्धि होला । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – आज शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । ब्यस्त रहनुहुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – आरोग्य बढ्नेछ । व्यापार–व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले भने सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन काममा सफलता प्राप्त हुनेछ । सुख सुविधाको वस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – लगानी वृद्धि हुनेछद भने स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्ने र मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – आरोग्यता र कार्यक्षमता बढ्ने योग भए पनि नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धिविवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । भएको दायित्वलाई पूरा गर्नु हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – लगानी बढ्नेछ भने परिवारिक सुख रहनेछ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आयस्रोत बढ्ने र सुख वृद्धि हुनेछ । बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने योग भए पनि आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।