बाचाबन्धन तोडी

बाचाबन्धन तोडी


  • ई. गणेशराज वस्ती

कतै तिमीले आज मलाई
गाली गर्यौ कि !
संगैबस्ने बाचा बन्धन तोडि
झ्याली गऱ्यौ कि !

हप्तौँ भयो फोन छैन
चकमन्न कान !
किन केले यस्तो भयो ?
तिमी आफैं जान ।
बाचा बन्धन मिठा थिए
कामका भाका त्यस्तै !
दुधभात मोली खाएपनि
छ दिल निस्तै !

कतै तिमीले आज मलाई
गाली गऱ्यौ कि !
सँगैबस्ने बाचा बन्धन तोडी
झ्याली गऱ्यौ कि १

कुनै दिनका हामी त्यस्ता
आज भने यस्ता १
फुसको छानो फुसमै आयो !
हराइ गयो जस्ता !
के भन्लान् लोकले भन्ने डर
किन छैन आज ?
सारा चिज हाम्रै लागि थिए भन्ने विवेक !
किन छैन आज ?

कतै तिमीले आज मलाई
गाली गऱ्यौ कि !
सँगै बस्ने बाचा बन्धन तोडी
झ्याली गऱ्यौ कि !