‘मुलुक समृद्धिका लागि काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी’

‘मुलुक समृद्धिका लागि काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी’


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरासीको कावासोतिमा आयोजित एक कार्यक्रमका वक्ताहरुले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारीपूर्वक गरिने कार्यले समुन्नत समाजको निर्माण गर्न सकिने धारणा राखेका छन् । उनीहरूले रेडक्रसका जन्मदर्ताले कल्पना गरेको रेडक्रसमा मानवीय सेवा, स्वच्छ विचार र जहाँ दु:ख छ त्यहाँ रेडक्रस भन्ने आदर्श प्राप्त गर्न सबै सरोकारवाला पक्ष लोभ, लालच र स्वार्थलाई त्याग्नपर्ने कुरामा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी नवलपुरको आयोजनामा जिल्लास्तरीय सरोकारवाला निकायसँग समन्वयात्मक बैठकमा सुझाव दिने वक्ताहरूले सो धारणा राखेका हुन् । नेपाल रेडक्रस सोसाइटी पुर्वी नवलपरासीका सभापति ऋषिराम कँडेलको अध्यक्षतामा बसेको बैठकमा पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मानिसमा भएको असल भावना नै रेडक्रस रहेको बताउँदै स्वच्छ सरसफाइको कार्यक्रमले गाउँ, समाज सुन्दर बनाउन सकिने विचार राख्दै रेडक्रसमा गर्ने सम्पुर्ण कार्य पारदर्शी र जवाफदेही हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा परियोजनाअन्तर्गत छनौट भएका ३ विद्यालयका प्र.अ., व्यवस्थापन समितिका अध्यक्ष, रेडक्रस सोसाइटीका पदाधिकारी, स्वास्थ्य र शिक्षाका प्रतिनिधि, जिल्ला अन्तर्गतका उपशाखाका सभापतिलगायतको उपस्थिति रहेकोे थियो । सो अवसरमा जिल्लाअन्तर्गत भएका विभिन्न क्रियाकलापबारे जानकारी गराइएको थियो । कार्यक्रममा फोकल पर्सन सागर पाण्डेले सहजीकरण गर्नुभएको रेडक्रस सोसाइटीका मन्त्री तीर्थ कँडेलले जानकारी गराउनु भएको छ ।