फुटबल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

फुटबल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु


इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा विजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रहार गरेका थिए । सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटबल दर्शकको मृत्यु भएको हो ।