दशैँ मनाउन अष्ट्रेलियाबाट जापान आएकी नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु

दशैँ मनाउन अष्ट्रेलियाबाट जापान आएकी नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

अष्ट्रेलियाबाट दशैँ मनाउन जापानमा आएकी एक नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु भएको छ । जापानको साइतामामा सडक दुर्घटनामा सुनिता केसीको गत बुधबार राति मृत्यु भएको हो ।

नर्सिङ अध्ययनका लागि केही महिनाअघि अष्ट्रेलिया गएकी सुनिता दशैं मनाउन परिवारसँग एक महिना जापान बस्नेगरी चार दिनअघि जापान आएको सुनिताका बुबा मीनबहादुर केसीले बताए ।

जापानमा यो चार दिनमा साँझ इभिनिङ वाकका लागि घरनजिकको बाटोमा हिँडिरहेकी सुनितालाई बुधबार करिब १० बजे ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।

दुई छोरी र एक छोरासहित सपरिवार जापानको साइतामा याचुका भन्ने स्थानमा बस्ने केसी परिवारका दुई छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् भने छोरा जापानमै रहेका छन् ।

सड़क दुर्घटना भएकोले जापानको क़ानूनअनुसार आवश्यक प्रक्रिया पुरा गरेर परिवारसँगको छलफलपछि अन्तिम संस्कार गरिने कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले बताए ।

प्रहरीले परिवारलाई छलफलको लागि बोलाएकोले यस घटनामा के कसरी अघि बढ्ने भन्ने कुरा परिवारसँग आवश्यक सल्लाह गरेपछि तय गरिने जानकारी दिए ।