आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०७९ बुधबार, २८ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०७९ बुधबार, २८ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन १२ गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर २८ तारिख बुधबार आश्विन शुक्ल पक्षको तृतीया तिथि चित्रा नक्षत्र ७ः४० पर स्वाती नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा र सूर्यास्त साँझ १७ः५२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आरोग्य वृद्धि र बल विवेक बढ्नेछ । आज कुनै नया कामको थालनी गर्नु भए राम्रो हुन्छ । तर, परिवारमा आर्थिक समस्याले सताउने योग छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभूति पनि हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – धन सम्पत्ति वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । तर, अनावश्यक रुपमा मनमा डर पैदा हुन सक्छ । कसैसंग हल्का मनमुटाव पनि होला, सतर्क रहनु होला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ, सावधान र।हनुहोला । शुभ काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन – आजको दिन धन मान पाउने योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नेछ । नोकरी तथा राजनितीमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता का साथै कार्यगति बढ्नेछ । सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुने योग छ ।

सिंह – सौभाग्य बढ्नेछ । आशा उत्साह वृद्धि होला । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि देखिन्छ । आज आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या –आज पारिवारिक सुख शान्ति समृद्धि बढ्ने योग रहे पनि स्वास्थ्य भने कमजोर रहन सक्छ । अल्छीपनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । काममा ढिलासुस्ती हुन सक्छ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । बुद्धि विवेकको सहि प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ । ,स्वास्थ्यमा सुधार र आयमा वृद्धि हुनेछ ।

वृश्चिक – दिन राम्रो छ । चिताएको काममा सफलता पाइनेछ भने अनौठो तरिकाबाट धनलाभ पनि होला । दाम्पत्यसुख बढ्नेछ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन मनोरञ्जनपूर्ण रहला । आयस्रोत वृद्धि हुनेछ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – कार्यक्षमता बढ्ने र परिवारिक सुख मिल्ने दिन भए पनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ । सामान्य रोगले सताउला ,सावधान रहनु बेस हुनेछ । भौतिक सरसामनको पनि क्षति हुने दिन छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – परिवारिक सुख बढ्नेछ । बन्दैन भनेको काम पनि आज तपार्इंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल रहला । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – ब्यस्तता बढ्नेछ । सुख वृद्धि होला । आज तपाईंको धन कमाउने योग रहेको छ, नचिताएको ठाउँबाट आम्दानी हुन सक्छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्नेछन् । रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आफन्तको साथ मिल्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।