आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०७९ सोमबार, २६ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०७९ सोमबार, २६ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन १० गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर २६ तारिख सोमबार आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि उत्तरा फाल्गुनी नक्षत्र ७ः४ पर हस्ता नक्षत्र शुक्ल योग किंस्तुघ्न करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५३ बजेमा हुनेछ । घटस्थापना, नवरात्रारम्भ, मातामहश्राद्ध, घटस्थापना बिहान ९ देखि १० बजे शुभ बेला, ११ः४५ देखि १२ः१५ बजे बीच अभिनित योग ।

आजको राशिफल

मेष – आजको दिन तपाईंका लागि त्यति शुभकारी देखिन्न । धेरै परिश्रम तथा लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती पनि झेल्नुपर्ला । आज आगो तथा हातहतियारबाट एकदमै सावधान रहनुहोला । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुने र इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – प्रेमभाव बढ्नेछ । प्रगति दर पनि बढ्नेछ । कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगति हुने दिन रहेको छ । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित हुने सम्भावना पनि छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । शुभ काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ भने काममा सफलता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । कामबाट सजिलै फुर्सद पाइनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मान-महत्व बढ्नेछ । पराक्रम वृद्धि हुनेछ । रोकिएका कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आशा उत्साह बढ्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । तथापि, चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ, सावधान रहनुहोला । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुखशान्ति पनि बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । तर, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । महत्वपूर्ण काम धेरै बन्नेछन्, लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान् । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – लगानी बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ ।

वृश्चिक – आर्थिक काममा सफलता प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । समृद्धि वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – कार्यमा सफलता प्राप्त हुनेछ, व्यापारमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – सौभाग्य बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छ । आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – भागदौड बढ्नेछ । परिवारिक सुख बढ्नेछ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, तर आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफल हुनुहोला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । सुखद खबर सुन्न पाइएला । नयाँ काम सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।