सीमा नाकाबाट चार महिलाको उद्धार

सीमा नाकाबाट चार महिलाको उद्धार


सशस्त्र प्रहरी बल नेपाल २६ नं. गणको टोलीले अवैध रुपमा भारततर्फ लैजाँदै गरेको चार महिलाको उद्दार गरेको छ ।

पश्चिम नवलपरासी सरावल गाउँपालिकाको भुजहवा नाकाको प्रयोग गरी चार पुरुषहरुले चारकै संख्यामा महिला साथमा लिइ भारततर्फ लैजाने क्रममा सोधपुछ गर्दा बेचबिखनको आशंका भएकोले चार युवतीलाई उद्दार गरिएको २६ नंं गण पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

युवती लिएर भारततर्फ जान लागेका चार पुरुषलाई नियन्त्रणमा लिइ थप अनुसन्धान र आवश्यक कार्वाहीका लागि माइती नेपालको समन्वयमा सीमा सुरक्षा पोष्ट महेशपुरमा पठाइएको २६ नंं गणका सूचना अधिकारी डिएसपी केशवराज थापाले जानकारी दिए । अवैध क्रियाकलापको लागि ठ्लो नाका भन्दा सानो नाका सुनसान र सजिलो मानिने हुँदा महिला तस्करी गर्ने नाइकेहरु भुजहवा, विस्नुपुरा र झुलनीपुरको सानो नाकामा केन्द्रित हुन थालेपछि सरक्षा निकायले पनि भारतिय सुरुक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधिमा सक्रिय गिरोहमाथि निगरानी बढाउन थालेको बुझिएको छ । सुरक्षा निकायले कडा चेक गरेपछि अवैध कर्मीहरु सुरक्षा निकायको कानुनी दायराभित्र पर्न थालेको जानकारी दिइएको छ ।