हेरिटेज गार्डेनमा ‘लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिता सम्पन्न

हेरिटेज गार्डेनमा ‘लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिता सम्पन्न


फेसन इराद्वारा राजधानी काठमाडौंमा ‘लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिता सम्पन्न गरिएको छ ।

साउथ वेस्टर्न कलेजका प्रिन्सिपल रमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज आर्यन पोखरेल र स्मारिका लम्सालले हासिल गरेका छन् ।

उक्त उपाधिसँगै पोखरेल र लम्सालले नगद एक लाख र विदेशमा हुने प्रतियोगितामा सहभगिता जनाउने अवसर समेत पाउने भएका छन् ।

सो प्रतिष्पर्धामा ब्रियाना उप्रेती र मार्लोन तामाङ फर्स्ट रनरअप बने भने रेमण्ड श्रेष्ठ र युवी लामा गुरूङलाई सेकेण्ड रनरअपको स्थान हासिल भयो ।

आयोजक संस्थाका प्रमुख आनन्दसिंहले जनाएअनुसार प्रतियोगितामा सनिस शाक्य, आर्शु महर्जन, रोहण श्रेष्ठ, वर्षा भण्डारी, पंकज सिंह ठकुरी र रुश्का श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । २०२२ सिजन २ भोलुम २ अन्तर्गतको सो कार्यक्रम सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।