आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०७९ शनिबार, १७ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०७९ शनिबार, १७ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन १ गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर १७ तारिख शनिबार आश्विन कृष्ण पक्षको सप्तमी तिथि १ः५६ पर अष्टमी तिथि रोहिणी नक्षत्र १४ः१६ पर मृगशिरा नक्षत्र वज्र योग बालव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा र सूर्यास्त साँझ १८ः५ बजे हुनेछ । आश्विन संक्रान्ति, अष्टमी व्रत, विश्वकर्मा पूजा, वास्तुदिवस, महालक्ष्मी व्रत समाप्ति, द्विपुष्करयोग १४ः१६ देखि १४ः५६ बजेसम्म ।

आजको राशिफल

मेष – आज राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आजको दिन प्रगति दर बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । तथापि, असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।आज ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आज आयस्रोत वृपद्ध हुने तथा कार्यगति बढ्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा भने अलिक सावधानी अपनाउनुपर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – कर्मबल बढे पनि आज सेचेको काम सम्पन्न हुन कठिन पर्ला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्ने र हाकिमको साथ मिल्ने योग छ । कर्ममा रुचि बढ्ला । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – पारिवारिक सुखशान्ति, समृद्धि र पराक्रम बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुने र आफन्तको साथ रहने योग छ । व्यापारमा भने मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु होला ।

तुला – व्यस्तता बढ्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । रसरागमा रुचि बढ्नेछ । अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दाम्पत्य सुख बढ्ने र कार्यमा सफलता प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – आरोग्यबल बढ्ने र पराक्रम वृद्धि हुने योग रहे पनि आजको दिन भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्नेछ । कार्यगति वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने देखिए पनि आज हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्न सक्छ । राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । आजको दिन खानपानमा पनि सजक रहनुहोला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ भने पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।