स्विडेनकी प्रधानमन्त्री एन्डरसनले राजीनामा दिने

स्विडेनकी प्रधानमन्त्री एन्डरसनले राजीनामा दिने


स्विडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् । ९९ प्रतिशत मत गणनता हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ ।

मत पुनःगणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यसबाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छन् ।

‘संसदमा उनीहरूलाई एक/दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो ।’ अपराध, आप्रवासन, समायोजन विषय र विद्युत्को बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए ।

गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।