आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०७९ बिहीबार, १५ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०७९ बिहीबार, १५ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ३० गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर १५ तारिख बिहीबार आश्विन कृष्ण पक्षको पञ्चमी तिथि १२:४५ पर षष्ठी तिथि भरणी नक्षत्र १०:५६ पर कृतिका नक्षत्र व्याघात योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:४९ मा भयो र सूर्यास्त साँझ १८:७ बजेमा हुनेछ । षष्ठी श्राद्ध ।

आजको राशिफल

मेष – आजको दिन शुभ समाचार प्राप्त हुने र काममा सफलता मिल्ने योग भए पनि बन्दव्यापारमा घाटा देखिन्छ । रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाउमा पैसा खर्च हुँदैछ । आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । व्यवसायिक क्षेत्र सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – व्यस्तता बढ्नेछ । प्रगति दर पनि बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन नसोचेको ठाउँबाट पैसा आउन सक्छ । सोच्ने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ । अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, आयबल बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मिश्रित फलदायक दिन छ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्नेछ । कमाइ तथा धन आर्जन हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कर्मबल भने बढ्नेछ । व्यस्तताका साथै कार्यगति बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – शुभ काममा सफलता प्राप्त हुने र आशा उत्साह बढ्ने योग भए पनि आजको दिन विवाद बढ्ने काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयाँपैसा फस्न सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । हाकिमको साथ मिल्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – भागदौड वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला ।

तुला – प्रेमभाव बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला साथै आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन विवादमा पर्न सकिन्छ, सावधान रहनुहोला । नसोचेको ठाउमा धनको नाश हुने दिन छ । कामको बोझले थाकेको महसुस होला । घरगृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा हुन सक्छ । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – भागदौड बढ्नेछ । आज आर्थिक लाभ पनि होला । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनुहोला । स्वास्थ्यका दृष्टिकोणले राम्रो दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । शुभता बढ्नेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुँंगै मित्रजन र सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आज बोलीको प्रभाव बढ्ला । आफन्तजनले प्रशंसा गर्नेछन् । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।