नेता मन पर्दैन मलाई

नेता मन पर्दैन मलाई


  • गीता कार्की

मलाई नेता मन पर्दैन
नेतामा पराग छैन
नेता फूल हैन
नेता सिस्नो भएर पोल्छ

मलाई नेता मन पर्दैन

नेता नीलो आकाशको जून हैन
नेतासँग उज्यालो छैन
नेता लोडसेडिङको सूचना टाँग्छ भित्तामा

नेता बासी बोल्छ
नेतामा इमान छैन

नेता आकाशको तारा झार्छु भन्छ
आँखाबाट आँशु झर्न दिन्न भन्छ
नेता साउनेझरी बर्सन्छ आँखामा

मलाई नेता मन पर्दैन

नेता मजस्तो छैन
उजस्तो, तिमीजस्तो छैन
बाढीले बगाएर ल्याएको गेग्¥यानजस्तो छ
नेता बलौटे बगर फैलिन्छ किनार

मलाई नेता मन पर्दैन
नेतामा पराग छैन
नेता फूल हैन
नेता सिस्नो भएर पोल्छ

मलाई नेता मन पर्दैन !