तीजको अवसरमा राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

तीजको अवसरमा राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन


राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गर्नुभएको छ । मंगलबार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।

पशुपतिनाथ भगवानको दर्शन र पूजा-आराधनाका लागि पशुपतिनाथ पुग्नुभएकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाइरहेका छन् ।