पल शाहको मुद्धाको पेशी आज

पल शाहको मुद्धाको पेशी आज


अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । बताइएअनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुवैमध्ये एक खाले फैसाला आउन सक्नेछ ।

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।