आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०७९ मंगलबार, ३० अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०७९ मंगलबार, ३० अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १४ गते तद्अनुसार सन् २०२२ अगस्त ३० तारिख मंगलबार भाद्र शुक्ल पक्षको तृतीया तिथि १४ः३० पर चतुर्थी तिथि हस्ता नक्षत्र शुभ योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । हरितालिका व्रत (तीज), चन्द्रदर्शनदोष (चौरचन, चथा) ।

आजको राशिफल

मेष – बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुने दिन छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – प्रेमभाव बढ्ने र सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुने दिन भए पनि आज छरछिमेकसंग सामान्य मनमुटाव हुने देखिन्छ । कुराकाटनेहरु बढनेछन । ठूला व्यक्तिबाट आलोचना हुनेछ भने कसैसंग वादविवादको सम्भावना पनि छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् सावधान रहनुहोला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – वर्चश्व बढ्ने तथा धन मान वृद्धि हुने दिन छ । काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन, जागीरमा पनि समस्या देखापर्न सक्छ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आरोग्यताका साथै कार्यगति बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। आजको दिनमा तपार्इंले सोचेको काम पूरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मान, सुख र समृद्धि बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – रोकिएका कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । आमदानीको नयाँ श्रोत फेलापर्ने छ । महत्वपूर्ण पात्रको विश्वास जित्न सकिनेछ । कार्यगति बढ्ला । शुभता वृद्धि हुनेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन त्यत्ति शुभदायी नहोला । भाग्यले साथ दिनेछैन, ब्यर्थमा धन खर्च होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दौडधुप तथा ब्यस्तता बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नुहोला ।

वृश्चिक – सोचेका काममा सफलता मिल्नेछ । आयबल र समृद्धि वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । आज धनलाभको योग छ भने दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । ऋण र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्यगति वृद्धि हुने र यात्राबाट धनलाभ हुने योग छ । कार्यक्षमता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । परिवारमा खुशीको माहोल छाउनेछ । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ,। रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – समय मध्यम खालको छ । कुनै कुराको समाचारले मन खिन्न तुल्याउन सक्छ । अर्थहानीका साथै शरिरमा रोगले पनि सताउन सक्छ । काममा सफलता पाउन गाह्रो पर्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समृद्धि बढ्नेछ । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनको पालनामा ध्यान राख्नुपर्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । रचनात्मक कार्य पनि बन्नेछ । सामाजिक मर्यादा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जश पाउने सम्भावना कमै रहनेछ, काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता र सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । व्यापारबाट लाभ मिल्नेछ, पढाइमा सफलता प्राप्त होला । स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।